NIMB Header 2
Nepal Life

जीवन बीमा कम्पनीहरूको बीमालेख कर्जा ९७ अर्ब ५४ करोड नाघ्यो, नेपाल लाइफ शीर्ष स्थानमा

IME LIFE
  • BFIS News
  • 2026 Jun 30 14:16
जीवन बीमा कम्पनीहरूको बीमालेख कर्जा ९७ अर्ब ५४ करोड नाघ्यो, नेपाल लाइफ शीर्ष स्थानमा
United Ajod

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १४ वटा जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितलाई उपलब्ध गराएको बीमालेख (पोलिसीहोल्डर) कर्जा ९७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ९५ अर्ब २ करोड ५९ लाख रुपैयाँ रहेकोमा एक वर्षमा २.६५ प्रतिशतले वृद्धि भएको छ।

 

Nepal Life
NIMB

बीमा पोलिसीमा पर्याप्त सरेन्डर भ्यालु सिर्जना भएपछि बीमितले सोही पोलिसीलाई धितो राखेर कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ। यसले आकस्मिक आर्थिक आवश्यकता पूरा गर्न बैंकबाट थप धितो राखेर ऋण लिनुपर्ने वा बीमा पोलिसी रद्द गर्नुपर्ने अवस्था कम गर्ने भएकाले पछिल्ला वर्षहरूमा यस्तो सुविधाप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ।

तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नेपाल लाइफ सबैभन्दा धेरै बीमालेख कर्जा प्रवाह गर्ने कम्पनी बनेको छ। कम्पनीले ३६ अर्ब ८० करोड ८६ लाख रुपैयाँ कर्जा उपलब्ध गराएको छ। यद्यपि यो रकम अघिल्लो वर्षको तुलनामा ०.५९ प्रतिशतले घटेको छ।

एलआईसी नेपाल २० अर्ब ४२ करोड २५ लाख रुपैयाँ बीमालेख कर्जासहित दोस्रो स्थानमा रहेको छ। कम्पनीको कर्जा पोर्टफोलियो भने एक वर्षमा ६.३९ प्रतिशतले घटेको छ। नेशनल लाइफले १३ अर्ब २५ करोड ७७ लाख रुपैयाँ, हिमालयन लाइफले ८ अर्ब ५४ करोड २६ लाख रुपैयाँ र एशियन लाइफले ५ अर्ब २७ करोड ७७ लाख रुपैयाँ बराबरको बीमालेख कर्जा प्रवाह गरेका छन्।

त्यस्तै, सूर्यज्योति लाइफको बीमालेख कर्जा ५ अर्ब १३ करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ, मेट लाइफको १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १ अर्ब ४५ करोड ५० लाख रुपैयाँ, आईएमई लाइफको १ अर्ब २३ करोड ७ लाख रुपैयाँ, सिटिजन लाइफको १ अर्ब १७ करोड ७० लाख रुपैयाँ, सन नेपाल लाइफको ७९ करोड १५ लाख रुपैयाँ तथा रिलायबल नेपाल लाइफको ६३ करोड ४१ लाख रुपैयाँ पुगेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले भने यससम्बन्धी विवरण सार्वजनिक गरेको छैन।

वृद्धिदरका आधारमा आईएमई लाइफ सबैभन्दा अगाडि रहेको छ। कम्पनीको बीमालेख कर्जा एक वर्षमा ३५.५१ प्रतिशतले बढेको छ। त्यसपछि रिलायबल नेपाल लाइफ (२६.५३ प्रतिशत), सानिमा रिलायन्स लाइफ (२६.४१ प्रतिशत), सिटिजन लाइफ (२२.८३ प्रतिशत), प्रभु महालक्ष्मी लाइफ (१८.४० प्रतिशत) र सूर्यज्योति लाइफ (१६.८३ प्रतिशत) को वृद्धि उल्लेखनीय रहेको छ।

यता एलआईसी नेपालको बीमालेख कर्जा ६.३९ प्रतिशत, मेट लाइफको ३.२० प्रतिशत तथा नेपाल लाइफको ०.५९ प्रतिशतले घटेको छ। समग्रमा भने जीवन बीमा उद्योगमा बीमालेख कर्जाको विस्तार सकारात्मक रहेको देखिएको छ। १४ मध्ये १० कम्पनीको कर्जा पोर्टफोलियो बढेको छ भने ८ कम्पनीले दुई अंकको वृद्धिदर हासिल गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया