सरकारले सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटायो
- BFIS News
- 2026 Jul 02 16:53
काठमाडौं। इन्धनको मूल्य घटेसँगै सरकारले पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाएको छ । साविकको तुलनामा २ प्रतिशत भाडादर कटौती गर्ने निर्णय भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सुचना अधिकारी ज्ञानराज लम्सालले अन्तर प्रदेशगत रुपमा सार्वजनिक यातायातको भाडा २ प्रतिशतले कटौती गरिएको बताए । ‘लामो दूरीका सार्वजनिक यातायातमा सरकारले हालको भन्दा २ प्रतिशतले भाडादर घटाएको छ ।’ -उनले मेरोलगानीसँग बताए ।
इन्धनको मूल्यमा आएको गिरावटका कारण भाडादर घटाएको यातायात व्यवस्था विभागले जनाएको छ। यसअघि २०८३ बैशाख १२ मा इन्धनको अस्वभाविक मूल्यवृद्धि भन्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको थियो ।
गत बुधबार नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ घटाएको थियो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया