जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च ११.४८ प्रतिशतले बढ्यो, हिमालयन लाइफ शीर्ष स्थानमा
- BFIS News
- 2026 Jul 06 16:51
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेपालका १४ जीवन बीमा कम्पनीहरूको कर्मचारी सुविधा खर्च (एम्प्लोयी बेनिफिट्स एक्सपेन्सेस) ११.४८ प्रतिशतले बढेको छ। कर्मचारीको तलब, भत्ता, बोनस तथा अन्य सेवासुविधासम्बन्धी खर्च समेटिएको यो शीर्षकअन्तर्गत कम्पनीहरूले कुल ५ अर्ब १७ करोड ९८ लाख रुपैयाँ खर्च गरेका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा १४ कम्पनीको कुल कर्मचारी सुविधा खर्च ४ अर्ब ६४ करोड ६५ लाख रुपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार कर्मचारी सुविधा खर्चका आधारमा हिमालयन लाइफ पहिलो स्थानमा रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म ७० करोड १ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६८ करोड २३ लाख रुपैयाँभन्दा बढी हो।
दोस्रो स्थानमा रहेको नेपाल लाइफले ६७ करोड ४१ लाख रुपैयाँ कर्मचारी सुविधा खर्च गरेको छ। यो अघिल्लो वर्षको ५७ करोड २८ लाख रुपैयाँको तुलनामा १७.६९ प्रतिशतले बढी हो।
सूर्यज्योति लाइफले ४९ करोड ९७ लाख रुपैयाँ, नेशनल लाइफले ३९ करोड ७९ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले ३७ करोड ३ लाख रुपैयाँ कर्मचारी सुविधामा खर्च गरेका छन्। यी कम्पनीहरूको खर्च पनि अघिल्लो वर्षको तुलनामा बढेको देखिएको छ।
त्यसैगरी, आईएमई लाइफले ३३ करोड ८ लाख रुपैयाँ, एलआईसी नेपालले ३२ करोड ६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३१ करोड ९९ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ३१ करोड ७४ लाख रुपैयाँ कर्मचारी सुविधा खर्च गरेका छन्।
यस्तै, सन नेपाल लाइफले २८ करोड ५३ लाख रुपैयाँ, मेट लाइफले २८ करोड १२ लाख रुपैयाँ, सिटिजन लाइफले २७ करोड ६५ लाख रुपैयाँ र एशियन लाइफले २६ करोड ९० लाख रुपैयाँ कर्मचारी सुविधामा खर्च गरेका छन्।
सबैभन्दा कम कर्मचारी सुविधा खर्च राष्ट्रिय जीवन बीमा कम्पनीको रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म १३ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। यद्यपि प्रतिशत वृद्धिका आधारमा भने सोही कम्पनीको कर्मचारी सुविधा खर्च सबैभन्दा धेरै अर्थात् ९३.२९ प्रतिशतले बढेको देखिएको छ।
प्रतिशत वृद्धिका आधारमा रिलायबल नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ, जसको कर्मचारी सुविधा खर्च २८.६८ प्रतिशतले बढेको छ। त्यसपछि आईएमई लाइफको १९.२१ प्रतिशत, नेपाल लाइफको १७.६९ प्रतिशत र एलआईसी नेपालको १४.०७ प्रतिशत वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया