NIMB Header 2
Nepal Life

माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ४२ हजार ७६० आवेदकले पाए १० कित्ता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 03 10:52
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट, १ लाख ४२ हजार ७६० आवेदकले पाए १० कित्ता
IME LIFE

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा असार १९ गते बिहान गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँट गरिएको हो।

Nepal Life
NIMB

कम्पनीले सर्वसाधारणका लागि असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओको कुल मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ रहेको थियो।

आईपीओमा कुल २८ लाख ६२ हजार ९०९ जनाले ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २८ लाख १५ हजार ६७९ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।

मागभन्दा निकै बढी आवेदन परेकाले गोलाप्रथा (लक्की ड्र) प्रणालीमार्फत शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

बाँडफाँटको नतिजाअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले न्यूनतम १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने बाँकी स्वीकृत आवेदकको हात खाली भएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया