NIMB Header 2
Nepal Life

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन

National Life
  • BFIS News
  • 2023 Oct 25 12:23
एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकका संस्थापक अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएको छ । उनको हिजो मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । 

Shikhar
NIMB

श्रेष्ठको अन्त्येष्टि उनको इच्छाअनुसार एभरेष्ट बैंकले नै सञ्चालनमा ल्याएको कम दाउराले शव जलाइने प्रविधि (वुडन क्रिमेटरी)बा ट भएको थियो। यो वुडन क्रिमेटरी शव जलाउन १०० केजी दाउराले पुग्ने र त्यसक्रममा निस्कने धुवालाई प्रदूषण रहित बनाएर वातावरणमा छोड्ने प्रविधि हो। 

श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्षको रूपमा रहेका थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो। उनले यो कार्यकाल आफ्नो अन्तिम कार्यकाल हुनेसमेत घोषणा गरेका थिए। 

ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबिए गरेका थिए। उनी एसबिएल प्रालि भारतका समेत अध्यक्ष थिए। एसबिएल विश्वस्तरीय होमियोपेथी सम्बन्धि औषधि उत्पादक कम्पनी हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया