NIMB Header 2
Nepal Life

सरकारको १०० दिन पूरा हुँदा पनि पुँजीबजारमा उत्साह छैन, नेप्से २६.२९ अंकले घट्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 06 16:57
सरकारको १०० दिन पूरा हुँदा पनि पुँजीबजारमा उत्साह छैन, नेप्से २६.२९ अंकले घट्यो
IME LIFE

काठमाडौं । फागुन २१ पछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सय दिन पूरा गर्दा पनि नेपाली पुँजीबजारले अपेक्षित आत्मविश्वास हासिल गर्न सकेको छैन। राजनीतिक स्थायित्व र आर्थिक सुधारप्रति उच्च अपेक्षा गरिए पनि बजार अधिकांश समय दबाबमै रहँदा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ।

 

Nepal Life
NIMB

पछिल्ला कारोबारमा नेप्से पुनः राताम्य बनेको छ। खरिदभन्दा बिक्री चाप हाबी हुँदा धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्दै बजारबाट बाहिरिने रणनीति अपनाएको विश्लेषण गरिएको छ।

बजारमा देखिएको अनिश्चितताको प्रमुख कारणमध्ये नियामक निकाय र अनुसन्धान एजेन्सीहरूको सक्रियता पनि रहेको बताइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र कारोबारसँग सम्बन्धित विभिन्न गतिविधिमाथि अनुसन्धान अघि बढाएपछि ठूला कारोबारी समूह सतर्क बनेका छन्। नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार उच्च कारोबार गर्ने ब्रोकर कम्पनीहरूको विवरण तथा ठूला कारोबारको प्रकृतिबारे अध्ययन भइरहेको छ। समूहगत कारोबार, इन्साइडर सूचनाको सम्भावित दुरुपयोग तथा अस्वाभाविक मूल्य वृद्धिसम्बन्धी गतिविधिमाथि छानबिन सुरु भएपछि बजारमा सक्रिय पुँजीको प्रवाह केही सुस्तिएको देखिएको छ।

यता असार मसान्त नजिकिँदै जाँदा वित्तीय प्रणालीमा देखिएको मौसमी दबाबले पनि बजारलाई प्रभावित पारेको छ। बैंक तथा वित्तीय संस्थासँगको कर्जा समायोजन, मार्जिन कर्जा व्यवस्थापन, हिसाब मिलान तथा अन्य वित्तीय दायित्व पूरा गर्नुपर्ने अवस्थाले धेरै लगानीकर्ताले शेयर बिक्री बढाएका छन्। विश्लेषकहरूका अनुसार यसपटक बजारलाई माथि तान्ने बलियो सकारात्मक समाचार वा उत्प्रेरक नदेखिएकाले बिक्री चाप अझ बढेको हो।

खरिदकर्ता सीमित हुँदा कारोबार रकममा पनि कमी आएको छ। केही दिनअघि देखिएको सुधारलाई धेरै विश्लेषकले दीर्घकालीन पुनरुत्थानभन्दा क्षणिक सुधारका रूपमा व्याख्या गरेका छन्। नयाँ लगानीकर्ताको प्रवेश कमजोर रहँदा बजारले स्थिर आधार बनाउन संघर्ष गरिरहेको देखिन्छ।

अब लगानीकर्ताको ध्यान नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आगामी मौद्रिक नीतितर्फ केन्द्रित भएको छ। विशेषगरी तरलता व्यवस्थापन, ब्याजदरको दिशा, पुँजीबजारसँग सम्बन्धित कर्जा नीति तथा लगानीमैत्री व्यवस्थाबारे आउने नीतिगत संकेतले बजारको आगामी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ। त्यसैले संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका लगानीकर्ताले अहिले ‘पर्ख र हेर’ रणनीति अपनाइरहेका छन्।

यसैबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा झरेको छ। आज ३५६ कम्पनीका ७५ लाख ४० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएका सबै १३ उपसूचक ओरालो लागेका छन्। वाणिज्य बैंक समूह १.०६ प्रतिशत, विकास बैंक समूह ०.३० प्रतिशत तथा फाइनान्स समूह १.२४ प्रतिशतले घटेका छन्।

 

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया