राष्ट्र बैंकले एक वर्षे अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
- BFIS News
- 2026 Jul 07 12:07
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ।
उक्त ऋणपत्रका लागि आज दिउँसो ३ बजे बोलकबोल (अक्सन) सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रमा सहभागी हुन न्यूनतम ५ करोड रुपैयाँका लागि आवेदन दिनुपर्नेछ। अधिकतम आवेदन रकम भने कुल आह्वान गरिएको २५ अर्ब रुपैयाँको सीमाभित्र रहनेछ र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा मात्र बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
यो ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको सावाँ तथा ब्याज भुक्तानी २०८४ साल असार २३ गते गरिने तय गरिएको छ।
ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। निर्धारण भएको ब्याजदरअनुसार लगानीकर्तालाई ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया