हिमालयन पावर पार्टनरको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत
- BFIS News
- 2026 Jul 10 11:20
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीले आफ्ना विद्यमान सेयरधनीलाई १ः०.५० अनुपातमा २०८३ वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त निष्कासनमध्ये ४८ लाख ५८ हजार ३४५ कित्ता मात्रै योग्य सेयरधनीलाई बाँडफाँट भएको थियो।
बाँकी बिक्री हुन नसकेको ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद सेयर भने २०८३ जेठ २७ गतेदेखि असार ४ गतेसम्म लिलामी प्रक्रियामार्फत बिक्री गरिएको थियो। उक्त लिलामीको व्यवस्थापन ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले गरेको थियो।
अब लिलामीसहितको कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत भएसँगै यी सेयर आवश्यक प्रक्रिया पूरा भएपछि दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।
समाचार तयार पार्दासम्म हिमालयन पावर पार्टनर लिमिटेडको सेयर प्रति कित्ता ३६५ रुपैयाँ १० पैसा मा अन्तिम कारोबार (LTP) भएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)










.jpg)





प्रतिक्रिया