प्रधानमन्त्री बालेन्द्र साह र एडीबी अध्यक्ष मासातो कान्डाबीच विकास साझेदारीबारे छलफल
- BFIS News
- 2026 Jul 07 12:16
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–एडीबीबीचको विकास साझेदारी, आपसी हितका विषय तथा आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा नेपालमा पूर्वाधार विकास तथा आर्थिक समृद्धिका लागि एडीबीले गर्दै आएको सहयोगबारे समीक्षा गरिएको थियो।
छलफलमा आगामी दिनमा विकास परियोजनामा सहकार्य विस्तार गर्ने सम्भावना तथा द्विपक्षीय सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको जनाइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया