बोश होम नेपालको ब्रान्ड एम्बेसडर बनिन् अस्मी श्रेष्ठ
- BFIS News
- 2026 Jul 03 18:25
काठमाडौं। बोश होम एप्लायन्सेसले नेपालमा आफ्नो ब्रान्ड प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित चर्चित मोडल, उद्यमी तथा सार्वजनिक व्यक्तित्व अस्मी श्रेष्ठलाई नेपालका लागि आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ।
कम्पनीका अनुसार अस्मी श्रेष्ठसँगको सहकार्यले बोश होम एप्लायन्सेसको प्रिमियम गुणस्तर, अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय प्रदर्शनप्रतिको प्रतिबद्धतालाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ। आधुनिक जीवनशैली, शैली र कार्यक्षमतालाई समान रूपमा महत्व दिने नेपाली उपभोक्ताको आकांक्षाको प्रतिनिधित्व अस्मीले गर्ने कम्पनीको अपेक्षा छ।
अस्मी श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१६ की विजेता तथा मिस वर्ल्ड २०१६ मा नेपालको प्रतिनिधित्व गरेकी व्यक्तित्व हुन्। मोडलिङ र ब्रान्ड एन्डोर्समेन्ट क्षेत्रमा सफल यात्रा बनाएकी उनी Asmi Shrestha Interiors की संस्थापकसमेत हुन्। डिजाइन, सिर्जनशीलता र उद्यमशीलताप्रतिको उनको प्रतिबद्धताले उनलाई नेपालका प्रभावशाली सार्वजनिक व्यक्तित्वमध्ये एकका रूपमा स्थापित गरेको छ। जीवनशैली, फेसन, सौन्दर्य तथा विभिन्न व्यावसायिक अभियानमा उनको सक्रिय उपस्थितिले उपभोक्तामाझ विश्वसनीय छवि निर्माण गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस साझेदारीमार्फत बोश होम एप्लायन्सेसले नेपालमा आफ्नो बजार उपस्थितिलाई अझ मजबुत बनाउने, प्रिमियम तथा भरपर्दो घरेलु उपकरण खोजिरहेका उपभोक्तासँग अझ नजिकिने र ब्रान्डप्रतिको विश्वास थप सुदृढ गर्ने लक्ष्य राखेको छ।
विश्वका अग्रणी घरेलु उपकरण ब्रान्डहरूमध्ये एक मानिने बोश होम एप्लायन्सेसले जर्मन इन्जिनियरिङ, नवीन प्रविधि, दीर्घकालीन गुणस्तर र दिगो डिजाइनलाई प्राथमिकतामा राख्दै उत्पादनहरू विकास गर्दै आएको छ। नेपालमा कम्पनीले विशेषगरी फ्रन्ट–लोड वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवासर तथा बिल्ट–इन किचन एप्लायन्सेसमा ध्यान केन्द्रित गरेको छ। दक्षता, टिकाउपन र सहज प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले आधुनिक घरपरिवारको दैनिक जीवनलाई अझ स्मार्ट, सहज र दिगो बनाउने कम्पनीको दाबी छ। नेपालमा BSH Home Appliances को आधिकारिक वितरक लक्ष्मी इलेक्ट्रोटेक (LET) रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया