NIMB Header 2
Nepal Life

तेह्रथुम पावरले न्यादी फिदी जलविद्युत आयोजनामा संस्थापक सेयर लगानी गर्ने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 07 12:19
तेह्रथुम पावरले न्यादी फिदी जलविद्युत आयोजनामा संस्थापक सेयर लगानी गर्ने
IME LIFE

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लमजुङमा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजनामा संस्थापक सेयरमार्फत लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले आयोजनाको प्रवर्द्धक नर्थ समिट हाइड्रो लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने भएको हो।

Nepal Life
NIMB

कम्पनीका अनुसार असार १७ गते बसेको सञ्चालक समितिको ६७औँ बैठकले उक्त लगानीलाई स्वीकृति दिएको हो। यस सम्बन्धी जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गरेको छ।

तेह्रथुम पावरले आठौँ वार्षिक साधारणसभाबाट प्राप्त स्वीकृति तथा प्रबन्धपत्रमा रहेको व्यवस्थाअनुसार बैंक खातामा रहेको लगानीयोग्य मौज्दात रकमबाट सेयर खरिद गर्न लागिएको जनाएको छ। नर्थ समिट हाइड्रो लिमिटेडको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख संस्थापक सेयर खरिद गरिने कम्पनीले उल्लेख गरेको छ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका अन्तर्गत निर्माणाधीन न्यादी फिदी जलविद्युत आयोजनाको निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको तथा आयोजनाको आर्थिक पक्ष आकर्षक देखिएकाले लगानी गर्ने निर्णय गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यस आयोजनाले विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरिसकेको छ। लगानीसम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत पठाइएको जनाइएको छ।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया