कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा एक जनाको शव फेला, अनुसन्धान सुरु
- BFIS News
- 2026 Jul 21 13:02
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोक क्षेत्रमा एक निजी कारभित्र जलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाँदनीचोकमा पार्किङ गरिएको निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा भेटिएका हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनाको कारण, मृतकको पहिचान तथा आगलागीको प्रकृतिबारे अनुसन्धान भइरहेको जनाएको छ। हाल घटनासम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)





.jpeg)




प्रतिक्रिया