Nepal Life

खुद नाफामा ४६.६९% वृद्धि गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको सशक्त वित्तीय प्रदर्शन, १३.१९% लाभांश वितरण क्षमता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 22 09:48
खुद नाफामा ४६.६९% वृद्धि गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको सशक्त वित्तीय प्रदर्शन, १३.१९% लाभांश वितरण क्षमता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अधिकांश वित्तीय तथा व्यावसायिक सूचकमा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा, प्रति शेयर आम्दानी तथा वितरणयोग्य नाफामा उल्लेख्य वृद्धि भएको छ भने इम्पेयरमेन्ट चार्जमा ठूलो कमी आएको छ।

Nepal Life
NIMB

विवरणअनुसार गत असार मसान्तसम्म बैंकले ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६० करोड ६६ लाख रुपैयाँको तुलनामा ४६.६९ प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको २ अर्ब ७ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा १६.८३ प्रतिशतले वृद्धि भएर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको प्रोभिजनिङ (इम्पेयरमेन्ट चार्ज) मा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष ३४ करोड ५४ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर ९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ। यसले खराब कर्जा व्यवस्थापन तथा कर्जा असुलीमा सुधार भएको संकेत गरेको छ।

बैंकको वितरणयोग्य नाफा पनि बढेको छ। गत असार मसान्तसम्म वितरण गर्न मिल्ने नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३६ करोड ८३ लाख रुपैयाँ थियो। हालको ३ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजीका आधारमा बैंकले करिब १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता रहेको देखिएको छ। अघिल्लो आर्थिक वर्ष वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ३६ पैसा रहेको थियो।

व्यावसायिक विस्तारतर्फ पनि बैंकले प्रगति गरेको छ। ग्राहक निक्षेप ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४२ अर्ब ८२ करोड रुपैयाँबाट वृद्धि भएर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) भने केही बढेको छ। अघिल्लो आर्थिक वर्ष ५.५२ प्रतिशत रहेको निष्क्रिय कर्जा समीक्षा अवधिमा ६.८७ प्रतिशत पुगेको छ।

बजारमा ब्याजदर घटेसँगै बैंकको कस्ट अफ फन्ड्स ५.०१ प्रतिशतबाट घटेर ३.५४ प्रतिशतमा झरेको छ। त्यसैगरी आधार दर (बेस रेट) पनि ७.०८ प्रतिशतबाट घटेर ५.५७ प्रतिशत कायम भएको छ, जसले ऋणीहरूलाई अपेक्षाकृत सस्तो ब्याजदरमा कर्जा प्राप्त गर्ने वातावरण सिर्जना गरेको बैंकको वित्तीय विवरणले देखाएको छ।

यसैबीच, बैंकको निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ८३.३७ प्रतिशत रहेको छ। नियामकीय सीमाभन्दा तल रहेको यो अनुपातले बैंकसँग थप कर्जा विस्तारका लागि पर्याप्त तरलता रहेको संकेत गर्दछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार