स्वावलम्बन लघुवित्तले सीईओ नरेन्द्र सिंह बिष्टको पुनर्नियुक्ति निर्णय रद्द गर्यो
- BFIS News
- 2026 Jul 22 10:40
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गर्ने यसअघिको निर्णय रद्द गरेको छ।
संस्थाको सञ्चालक समितिको २०८३ साउन ६ गते बिहान ७:३० बजे बसेको ४८८औँ बैठकले यसअघि २०८३ असार ३१ गते बसेको ४८७औँ बैठकबाट गरिएको पुनर्नियुक्तिसम्बन्धी निर्णय तथा सोही आधारमा गरिएको करारनामासमेत रद्द गर्ने निर्णय गरेको हो।
यसअघि सञ्चालक समितिले बिष्टलाई २०८३ साउन ९ गतेदेखि २०८७ साउन ८ गतेसम्म लागू हुने गरी चार वर्षे दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनर्नियुक्त गर्ने निर्णय गरेको थियो। तर पछिल्लो बैठकले उक्त निर्णयलाई पूर्ण रूपमा खारेज गरेको जनाएको छ।
संस्थाले हालका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टले आफ्नो वर्तमान कार्यकाल समाप्त हुने २०८३ साउन ८ गतेसम्म पूर्ववत् रूपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने जनाएको छ।
त्यसपछि २०८३ साउन ९ गतेदेखि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म संस्थाका कायममुकायम (का.मु.) नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय सञ्चालक समितिले गरेको छ। स्वावलम्बन लघुवित्तले उक्त निर्णयबारे सम्बन्धित निकायलाई जानकारी गराएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया