युनाइटेड मोदी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतमा मनीष पाण्डे नियुक्त
- BFIS News
- 2026 Jul 22 10:57
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मनीष पाण्डेलाई नियुक्त गरेको छ।
कम्पनीको १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजनासँग सम्बन्धित युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको मिति २०८३ साउन ५ गते दिउँसो १ बजे बसेको बैठकले उक्त निर्णय गरेको हो।
कम्पनीले प्रबन्ध सञ्चालकको पद हाल रिक्त रहेको अवस्थामा कम्पनीको नियमावलीको नियम ३६ बमोजिम मनीष पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।
उक्त निर्णयबारे कम्पनीले नियामक निकायलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ। कम्पनीले नयाँ नेतृत्वमार्फत व्यवस्थापकीय कार्य सञ्चालनलाई निरन्तरता दिने अपेक्षा गरिएको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया