Nepal Life

एकैदिन तोलामा ५,४०० रुपैयाँ बढ्यो सुन, प्रतितोला मूल्य २ लाख ९१ हजार पुग्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 22 11:21
एकैदिन तोलामा ५,४०० रुपैयाँ बढ्यो सुन, प्रतितोला मूल्य २ लाख ९१ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ५ हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ।

 

Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ९१ हजार रुपैयाँ पुगेको हो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको परिवर्तन, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक गतिविधिको प्रभावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा घटबढ हुने गरेको व्यवसायीहरू बताउँछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया