Nepal Life

स्वावलम्बन लघुवित्तले सीईओ नरेन्द्र सिंह बिष्टको पुनर्नियुक्ति निर्णय रद्द गर्‍यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 22 11:29
स्वावलम्बन लघुवित्तले सीईओ नरेन्द्र सिंह बिष्टको पुनर्नियुक्ति निर्णय रद्द गर्‍यो

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टलाई दोस्रो कार्यकालका लागि पुनर्नियुक्त गर्ने निर्णय रद्द गरेको छ। यससँगै नयाँ सीईओ नियुक्त नभएसम्म चन्द्रमणि चौलागाईले निमित्त सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन्।

Nepal Life
NIMB

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको साउन ६ गते बसेको ४८८औँ बैठकले प्रमुख कार्यकारी अधिकृत नरेन्द्र सिंह बिष्टको दोस्रो कार्यकालका लागि गरिएको पुनर्नियुक्ति निर्णय र त्यसका आधारमा भएको करार सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

यसअघि संस्थाको २०८३ असार ३१ गते बसेको ४८७औँ बैठकले बिष्टलाई चार वर्षे दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्त गर्ने निर्णय गरेको थियो। तर पछिल्लो बैठकले उक्त निर्णय रद्द गरेको संस्थाले सार्वजनिक सूचनामार्फत जनाएको छ।

संस्थाका अनुसार बिष्टले आफ्नो हालको कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म पूर्ववत् रूपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गर्नेछन्।

नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म संस्थाको नियमित प्रशासनिक तथा व्यवस्थापकीय कार्य सञ्चालनका लागि कामु नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।

संस्थाले भने पुनर्नियुक्ति निर्णय किन रद्द गरिएको हो भन्ने विषयमा कुनै कारण सार्वजनिक गरेको छैन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया