Nepal Life

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ खिच्ने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 22 12:05
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि १०० अर्ब रुपैयाँ खिच्ने

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत फेरि १०० अर्ब रुपैयाँ खिच्ने भएको छ। यसका लागि साउन ६ गते दिउँसो ३ बजे बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।

Nepal Life
NIMB

बैंकिङ प्रणालीमा कर्जाको माग कमजोर रहँदा अधिक तरलता थुप्रिएको अवस्थालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत १०० अर्ब रुपैयाँ तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा गर्नुपर्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

यो ८३ दिने निक्षेप संकलन उपकरण को साँवा तथा ब्याज आगामी असोज २७ गते भुक्तानी गरिनेछ।

पछिल्लो समय कर्जाको माग अपेक्षाअनुसार बढ्न नसकेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल भएको छ। त्यसका कारण बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत हाराहारीको ब्याजदरमै आफ्नो अतिरिक्त रकम राष्ट्र बैंकमा राख्न बाध्य भएका छन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया