बाढी–पहिरोले सिनर्जी पावरको १० मेगावाट आयोजना बन्द
- BFIS News
- 2026 Jul 22 12:25
काठमाडौं । बाढी तथा पहिरोका कारण सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजना बन्द भएको छ। आयोजनाको हेडवर्क्समा क्षति पुगेपछि विद्युत उत्पादन रोकिएको कम्पनीले जनाएको छ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले बाढी तथा पहिरोका कारण आफ्नो १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको जनाएको छ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार साउन ५ गते राति करिब ११ बजे आएको बाढी तथा पहिरोले आयोजनाको हेडवर्क्स क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। प्राकृतिक विपद्का कारण हेडवर्क्सका अधिकांश संरचनामा क्षति पुगेपछि आयोजनाबाट विद्युत उत्पादन रोकिएको कम्पनीले जनाएको हो।
कम्पनीले क्षतिको विस्तृत मूल्याङ्कन तथा मर्मतसम्भारको काम अघि बढाइने जनाएको छ। साथै आयोजनालाई पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया