NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, क्षमता हुँदा हुँदै किन दियो सर्वाधिक कम लाभांश ? यस्तो छ कारण

Citizen Life
  • BFIS News
  • 2023 Oct 31 07:02
सिद्धार्थ बैंकले डाक्यो वार्षिक साधारण सभा, क्षमता हुँदा हुँदै किन दियो सर्वाधिक कम लाभांश ? यस्तो छ कारण
National Life

काठमाडौं । सिद्धार्थ बैंकले आगामी मंसिर ५ गते २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा बैंकले यस भन्दा अगाडी प्रस्ताव गरेको ४.२१ प्रतिशत लाभांश पारितका लागि पेश गर्नेछ । बैंकले यस वर्ष इतिहासकै सर्वाधिक कम लाभांश दिदैछ ।

 

NIMB

जवकी बैंकले गत आर्थिक वर्षको मुनाफा मध्ये वितरण योग्य मुनाफाबाटै १५ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्छ । तर बैंकले खुद मुनाफाबाट वैधानिक जगेडा कोषहरु तथा नियमनकारी कोषहरुमा रकम विनियोजन गरे पश्चात बाँकी रहेको वितरणयोग्य मुनाफाबाट बैंकले लाभांश वितरण गर्नु पर्छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट एक अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पूँजी फिर्ता जगेडा कोष सहित अन्य विभिन्न वैधानिक जगेडा कोष तथा नियमनकारी कोषमा रकम विनियोजन गरे पश्चात बाँकी रहेको वितरणयोग्य मुनाफाबाट ५९ करोड ३२ लाख रुपैयाँ बराबरको अर्थात कर प्रयोजन सहित ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

यसरी ऋणपत्रको लागि विनियोजित रकम ऋणपत्र परिपक्व भए पछि शेयरधनीहरुलाई वितरण गरिन्छ । यसर्थ उक्त विनियोजित रकम एक अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तवित वितरणयोग्य मुनाफा २ अर्ब १२ करोड कायम हुन आउने बैंकले जनाएको छ । यहि रकमबाट पनि बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता १५.०७ प्रतिशत हुन्छ । बैंकको चुक्ता पूँजी १४ अर्ब  ९ करोड रुपैयाँ रहेको छ । त्यस्तै खुद मुनाफा ३ अर्ब १६ करोड रहेको छ ।

वार्षिक साधारणभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको २२ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण, स्वपूँजीमा भएको परिवर्तनको विवरण उपर छलफल गरि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि कार्तिक २१ गते एक दिन बुक क्लोज हुनेछ । कार्तिक २० गतेसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया