एभरेष्ट कलरको शेयरमा उछाल: कम सप्लाइले बढायो मूल्य, दीर्घकालमा कस्तो होला यात्रा ?
- BFIS News
- 2026 Jul 28 16:35
काठमाडौं। दोस्रो बजारमा सूचिकृत भएको आठौं कारोबार दिनमै एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य ८६१ रुपैयाँ पुगेको छ। लगातार सकारात्मक सर्किट लागिरहेको यस कम्पनीको मंगलबार ७०० कित्ता शेयर मात्रै कारोबार भएको छ। कम्पनीको शेयर मूल्य अझै धेरै माथि पुग्ने आकलनले पनि लगानीकर्ताले शेयर बिक्री गरिरहेका छैनन्।
कम्पनीको आईपीओ संरचना, वित्तीय अवस्था तथा दोस्रो बजारमा उपलब्ध शेयरको अवस्थालाई विश्लेषण गर्दा आगामी केही वर्षसम्म यस कम्पनीले शेयर बजारमा राम्रै प्रभाव पार्ने देखिन्छ। विशेष गरी यसको शेयर सप्लाइ कम भएका कारण कर्नरीङ गरेर शेयर खेल्नेका लागि यो पहिलो रोजाइमा पर्नेछ।
शेयर सप्लाइ
कम्पनीको कुल चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ। त्यसअनुसार कुल ३० लाख कित्ता शेयरमध्ये:
संस्थापकको हिस्सा : ७३.६७% (२२.१० लाख कित्ता)
सर्वसाधारणको हिस्सा : २६.३३% (७.९० लाख कित्ता)
तर सर्वसाधारण समुहको सबै शेयर तत्काल बजारमा आउँदैन। कर्मचारीलाई छुट्याइएका शेयर, सामूहिक लगानी कोष (Mutual Fund), स्थानीय बासिन्दाले प्राप्त गरेका शेयर तत्काल बजारमा नआउने भएकाले चलखेल गर्ने लगानीकर्ताका लागि यो कम्पनी पहिलो रोजाइमा पर्न सक्छ।
वित्तीय अवस्था कस्तो छ ?
प्रोस्पेक्टस अनुसार कम्पनीको वित्तीय प्रदर्शन पछिल्ला दुई वर्षमा सुधारिएको देखिन्छ। तर आइपिओ निष्काशनका लागि सुधार भएको देखाइएको हो कि देखिएको हो त्यो भने हेर्न बाँकी छ। विशेषगरी दोस्रो बजारमा सूचिकृत हुनुभन्दा अगाडी यस्ता अनैतिक काम नेपालको शेयर बजारमा धेरै भएका छन्।
मुख्य सूचकहरू:

रेटिङ रिपोर्ट अनुसार:
सकारात्मक पक्ष
ऋणको मात्रा निकै कम
Interest Coverage ४२ गुणाभन्दा माथि
Debt/GCA निकै न्यून
सञ्चालन आम्दानी बढेको
सञ्चालन नाफा सुधारिएको
नकारात्मक पक्ष
सञ्चालनको आकार सानो
१८८ दिनको औसत असुली अवधि
२४८ दिनको सञ्चालन चक्र
वर्किङ क्यापिटलमा उच्च निर्भरता
कच्चा पदार्थको मूल्य तथा डलर विनिमय जोखिम
उद्योगमा तीव्र प्रतिस्पर्धा
यसले कम्पनी स्वस्थ अवस्थामा भए पनि असाधारण नाफा कमाउने अवस्थामा भने नरहेको देखाउँछ
समान क्षेत्रका कम्पनीसँग तुलना
उत्पादन तथा प्रशोधनमूलक क्षेत्रमा सूचीकृत कम्पनीहरूको बजार मूल्य हेर्दा:

तुलनात्मक रूपमा हेर्दा एभरेष्ट कलरको चुक्ता पूँजी सानो भए पनि वित्तीय सूचकहरू अन्य उत्पादन कम्पनीभन्दा धेरै उत्कृष्ट देखिँदैनन्। त्यसैले मूल्य वृद्धि अहिले मुख्यतः सप्लाइको अभावले चलाइरहेको देखिन्छ, न कि वित्तीय आधारले।
आगामी मूल्य प्रक्षेपण
छोटो अवधि (१–६ महिना)
लगातार सर्किट लाग्ने सम्भावना रहन सक्छ।
दैनिक कारोबार अत्यन्त न्यून रहने सम्भावना।
केही ठूला लगानीकर्ताले कर्नरिङ गर्न सक्ने जोखिम।
मूल्यमा तीव्र उतारचढाव सम्भावित।
मध्यम अवधि (६ महिना–३ वर्ष)
लकिङ अवधि समाप्त नहुन्जेल बजारमा शेयर आपूर्ति सीमित रहने भएकाले मूल्य अपेक्षाकृत उच्च रहन सक्छ।
यदि:
कम्पनीले निरन्तर नाफा बढायो,
लाभांश दिन थाल्यो,
बिक्री विस्तार गर्यो भने
मूल्य उच्च स्तरमा टिक्न सक्छ तर वित्तीय सुधार नभए मूल्य टिकाइराख्न चुनौती हुनेछ।
दीर्घकाल (लकिङ खुलिसकेपछि)
सबैभन्दा ठूलो जोखिम यही चरणमा देखिन्छ। जब कर्मचारी, म्युचुअल फन्ड, अन्य लकिङ शेयर बजारमा आउन थाल्छन्, सप्लाइ उल्लेखनीय रूपमा बढ्न सक्छ। त्यसबेला मूल्यलाई कम्पनीको वास्तविक आम्दानी, EPS, लाभांश क्षमता र व्यवसायिक वृद्धिले मात्र समर्थन गर्न सक्नेछ।
लगानीकर्ताले ध्यान दिनुपर्ने पक्ष
अहिलेको मूल्य वृद्धिको प्रमुख कारण कम्पनीको व्यवसायभन्दा शेयरको अभाव हो।
कम्पनीको EPS र लाभांश क्षमता हालको मूल्यसँग तुलना गर्दा धेरै बलियो देखिँदैन।
कम्पनीको सञ्चालन सुधारिए पनि अझै वर्किङ क्यापिटल, असुली अवधि र प्रतिस्पर्धाको जोखिम उच्च छ।
कम फ्री–फ्लोट भएका कम्पनीमा मूल्य धेरै चाँडै बढ्ने र घट्ने दुवै सम्भावना रहन्छ।
एभरेष्ट कलरको शेयरमा हाल देखिएको तीव्र मूल्य वृद्धि मुख्यतः कम फ्री–फ्लोट र सीमित सप्लाइको परिणाम हो। आगामी दुईदेखि तीन वर्षसम्म सर्वसाधारण लगानीकर्ताले शेयर बिक्री नगर्दा बजारमा अभाव कायम रहनेछ। जव विस्तारै बिक्री बढ्दै जान्छ त्यस पछि बजारमा राम्रो संख्यामा कारोबार हुनेछ।
तर दीर्घकालीन रूपमा कम्पनीको मूल्य निर्धारण भने आगामी दिनमा हुने वित्तीय प्रदर्शन, नाफा वृद्धि, लाभांश वितरण क्षमता र व्यवसाय विस्तारले गर्नेछ। त्यसैले छोटो अवधिको मूल्य वृद्धिलाई मात्र आधार बनाएर लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ, र लगानीकर्ताले कम्पनीको आधारभूत वित्तीय अवस्था तथा दीर्घकालीन सम्भावनालाई समेत ध्यानमा राख्न आवश्यक छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया