Nepal Life

लगातार तेस्रो दिन नेप्सेसँगै घट्यो कारोबार, आजको टप गेनर, लुजर र टर्नओभर कुन-कुन ?

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 29 17:51
लगातार तेस्रो दिन नेप्सेसँगै घट्यो कारोबार, आजको टप गेनर, लुजर र टर्नओभर कुन-कुन ?

काठमाडौं । लगातार तेस्रो दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ। योसँगै कारोबार पनि लगातार तेस्रो घटेको छ। गत सोमबारदेखि घटेको नेप्से र कारोबारले आज पनि निरन्तरता पाएको हो।

 

Nepal Life
NIMB

नेप्से परिसूचक आज ७.७९ अंकले घटेर २६८८.८८ को विन्दुमा बन्द भएको छ। कारोबार पनि घटेर ४ अर्ब रुपैयाँमा खुम्चिएको छ। 

आज ३४३ कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।

कारोबारका क्रममा १३ मध्ये ११ उपसमूहका सूचक घटेका छन् भने दुई उपसमूहमा मात्रै सामान्य वृद्धि देखिएको छ। आज सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक घटेको हो।

बजारमा ७८ कम्पनीको शेयर मूल्य बढ्दा १८६ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

पछिल्ला केही दिन बजार सुधार हुने अपेक्षा देखिए पनि नेप्से परिसूचक र कारोबार रकम दुवैमा आएको गिरावटले बजारमा दबाब कायम रहेको संकेत गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया