३० वर्षे सेवापछि नेको इन्स्योरेन्सका कर्मचारी विष्णु धिताल सम्मानपूर्वक अवकाश
- BFIS News
- 2026 Jul 29 21:59
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडमा तीन दशकसम्म सेवा प्रदान गरेका कर्मचारी विष्णु धिताल औपचारिक रूपमा अवकाश भएका छन्। कम्पनीले उनको ३० वर्षे योगदानको सम्मान गर्दै विदाइ कार्यक्रम आयोजना गरेको हो।
कम्पनीका अनुसार धितालले आफ्नो सेवा अवधिभर व्यावसायिकता, इमान्दारिता र संस्थाप्रतिको समर्पणका साथ जिम्मेवारी निर्वाह गरेका थिए। उनको कार्यशैली र प्रतिबद्धताले सहकर्मी तथा संस्थाका अन्य कर्मचारीलाई निरन्तर प्रेरणा दिएको कम्पनीले उल्लेख गरेको छ।
नेको इन्स्योरेन्सले धितालको योगदान संस्थाको विकास र सुदृढीकरणमा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनको सेवाले कम्पनीमा दीर्घकालीन सकारात्मक प्रभाव छोडेको जनाएको छ।
विदाइका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले धितालप्रति ३० वर्षको समर्पित सेवाका लागि आभार व्यक्त गर्दै उनको आगामी जीवन सुखद, स्वस्थ र सफल रहोस् भन्ने शुभकामना दिएका थिए।
कम्पनीले अवकाशपछि पनि धिताल नेको परिवारको अभिन्न सदस्यका रूपमा रहने विश्वास व्यक्त गर्दै उनको योगदानप्रति सम्मान प्रकट गरेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया