लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३ अर्ब ३८ करोडमा सीमित
- BFIS News
- 2026 Jul 30 16:29
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन पनि ओरालो लागेको छ।
बिहीबार बजार परिसूचकसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ भने कारोबारमा सहभागी सबै उपसमूहका सूचक नकारात्मक बनेका छन्।
बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घटेर २ हजार ६७२.५८ विन्दुमा कायम भएको छ। यससँगै सेन्सेटिभ परिसूचक २.३१ अंक, फ्लोट परिसूचक ०.९७ अंक तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.७७ अंकले घटेका छन्।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ४ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा बिहीबार ३३७ कम्पनीका ७५ लाख ४८ हजार कित्ता शेयर ४४ हजार ६५१ पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ।
आज पनि एभरेष्ट कलर कम्पनीको शेयर मूल्य सकारात्मक सर्किटमा कारोबार भयो। लगातार नवौँ कारोबार दिन उक्त कम्पनीको शेयर मूल्य १४८ रुपैयाँ ५० पैसा बढेर प्रतिकित्ता १ हजार १३८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।
यता, कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले घट्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि १२.५ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। कम्पनीको २४ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको करिब १५ करोड ५० लाख रुपैयाँ तथा रिडी पावर कम्पनीको १० करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
बजारमा सूचीकृत सबै १३ उपसमूहका परिसूचक घटेका छन्। जलविद्युत उपसमूह सबैभन्दा धेरै १.२० प्रतिशतले घट्दा विकास बैंक उपसमूह १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। बाँकी उपसमूहहरूको गिरावट भने १ प्रतिशतभन्दा कम रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया