नेपाल लाइफको सोलुखुम्बु र ओखलढुंगा शाखाको तेस्रो अधिवेशन सम्पन्न, हिनामिना गर्ने अभिकर्तालाई अधिकारीले दिए चेतावनी
- BFIS News
- 2026 Aug 03 17:04
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल अन्तर्गत नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सोलुखुम्बु र ओखलढुंगा शाखा समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। श्रावण १६ र १७ गते सम्पन्न अधिवेशन संघका बीमक समिति नेपाल लाइफका केन्द्रीय अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो।
ओखलढुंगा शाखामा प्रकाश तामाङको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने सोलुखुम्बु शाखामा मानबहादुर कटुवालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको हो।
संघले केही समयअघि कृष्णप्रसाद आचार्य नेतृत्वको राष्ट्रिय अभिकर्ता संघको नाममा सोलुखुम्बु र ओखलढुंगामा गठन गरिएका कार्यसमितिहरू विघटन गरी पेशागत बीमा अभिकर्ता संघ नेपालअन्तर्गत नयाँ अधिवेशन सम्पन्न गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए। उनले भने 'ओखलढुंगा अधिवेशनका क्रममा अभिकर्तासँग सम्बन्धित लेबी, सदस्यता शुल्कलगायतका विषयमा उठेका प्रश्न तथा अभिकर्तामाथि भएको व्यवहारबारे छलफल गरिएको छ।' अभिकर्ताको पैसा हिनामिना गर्ने समुहलाई चेतावनी दिदै अधिकारीले उनिहरु बिरुद्ध लड्न समेत आग्रह गरेका छन्।
यहि क्रममा प्रकाश तामाङले आफू गलत बाटोमा जान लागेको महसुस भएको उल्लेख गर्दै अब पेशागत बीमा अभिकर्ता संघ नेपालको शाखा अध्यक्षका रूपमा अभिकर्ताको हितका लागि काम गर्ने तथा अनियमितताविरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
ओखलढुंगा शाखाको नवगठित कार्यसमितिमा अध्यक्षमा प्रकाश तामाङ, उपाध्यक्षमा श्यामविक्रम कार्की, सचिवमा दलबहादुर कार्की, सहसचिवमा तेजबहादुर सुवेदी, कोषाध्यक्षमा स्वीटीकुमारी शाह, सदस्यहरूमा मरिचमान सिंह श्रेष्ठ, मेघकुमारी श्रेष्ठ, चन्द्रकला श्रेष्ठ र पवन श्रेष्ठ चयन भएका छन्।
यस्तै, सोलुखुम्बु शाखा समितिको गठन सर्वसम्मत रूपमा भएको संघले जनाएको छ। नवगठित कार्यसमितिमा अध्यक्षमा मानबहादुर कटुवाल, उपाध्यक्षमा सुरेश खड्का, सचिवमा दिलबहादुर राई, सहसचिवमा लाप्का छिरिङ घिमिरे (विक), कोषाध्यक्षमा यसोदा बास्तोला तथा सदस्यमा सीता तामाङ र लक्ष्मण राई चयन भएका छन्।
नवगठित शाखा समितिहरूलाई अभिकर्ताको पेशागत अधिकार, संगठन सुदृढीकरण तथा सदस्यहरूको हित संरक्षणका लागि सक्रिय रूपमा काम गर्न अध्यक्ष अधिकारीले अनुरोध गरेका छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया