Nepal Life

सीजी समूहको लगानी रहेको श्रीलंकाको युनियन बैंकको खुद नाफा १३३ प्रतिशतले बढ्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 04 13:33
सीजी समूहको लगानी रहेको श्रीलंकाको युनियन बैंकको खुद नाफा १३३ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाली उद्योग समूह सीजी ग्रुपको लगानी रहेको श्रीलंकाको युनियन बैंक अफ कोलम्बोले सन् २०२६ को पहिलो छ महिनामा ५८ करोड ६९ लाख श्रीलंकाली रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २५ करोड ११ लाख श्रीलंकाली रुपैयाँको तुलनामा १३३ प्रतिशतले बढी हो।

Nepal Life
NIMB

बैंकले सार्वजनिक गरेको अन्तरिम वित्तीय विवरणअनुसार समीक्षा अवधिमा करअघिको नाफा ८८ करोड १२ लाख श्रीलंकाली रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८४ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ५७ करोड श्रीलंकाली रुपैयाँबाट बढेर ३ अर्ब १४ करोड श्रीलंकाली रुपैयाँ पुगेको छ। त्यसैगरी, खुद सञ्चालन आम्दानी ३ अर्ब ७८ करोड श्रीलंकाली रुपैयाँबाट वृद्धि भई ४ अर्ब ५० करोड श्रीलंकाली रुपैयाँ पुगेको छ। बैंकले शुल्क तथा कमिसन आम्दानीमा पनि वृद्धि भएको जनाएको छ।

वित्तीय विवरणअनुसार कर्जा नोक्सानी व्यवस्थासम्बन्धी इम्पेयरमेन्ट चार्ज रिभर्सल भएपछि बैंकको नाफामा उल्लेखनीय सुधार आएको हो।

हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३३ करोड ४७ लाख श्रीलंकाली रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४ अर्ब ५ करोड १४ लाख श्रीलंकाली रुपैयाँ पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ०.५४ श्रीलंकाली रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

युनियन बैंकको सञ्चालक समितिमा नेपाली व्यवसायी निर्वाण चौधरी, नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र सञ्जय पोखरेल सदस्यका रूपमा रहेका छन्।

सन् २०२३ मा कल्चर फाइनान्सियल होल्डिङ्सको स्वामित्व अधिग्रहणपछि सीजी क्यापिटल पार्टनर्स युनियन बैंकको प्रमुख सेयरधनी बनेको थियो। सीजी क्यापिटल पार्टनर्स नेपाली उद्योगपति विनोद चौधरीको सीजी कर्प ग्लोबलअन्तर्गतको कम्पनी हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया