Nepal Life

कृषि विकास बैंक सामाजिक सुरक्षा कोषमा सूचीकृत, करार तथा मासिक पारिश्रमिक कर्मचारी लाभान्वित हुने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 06 19:51
कृषि विकास बैंक सामाजिक सुरक्षा कोषमा सूचीकृत, करार तथा मासिक पारिश्रमिक कर्मचारी लाभान्वित हुने

काठमाडौं । कृषि विकास बैंक लिमिटेड सामाजिक सुरक्षा कोषमा रोजगारदाता कम्पनीका रूपमा सूचीकृत भएको छ। कोषले बैंकलाई सूचीकृत गरेको प्रमाणपत्र प्रदान गरेसँगै बैंकमा कार्यरत तोकिएबमोजिमका करार तथा मासिक पारिश्रमिकमा कार्यरत कर्मचारीले सामाजिक सुरक्षा योजनाअन्तर्गतका सुविधा प्राप्त गर्ने भएका छन्।

Nepal Life
NIMB

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत भएसँगै बैंकका योग्य करार तथा मासिक पारिश्रमिक कर्मचारीले ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५’ अनुसार उपलब्ध हुने सुविधाहरू लिन सक्नेछन्।

उनले लामो समयदेखि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन नसकेका करार तथा मासिक पारिश्रमिक कर्मचारीहरू यस निर्णयबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने तथा उनीहरूको लामो समयदेखिको मागसमेत सम्बोधन भएको बताए।

बैंकका अनुसार सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। अब तोकिएका मापदण्ड पूरा गरेका योग्य कर्मचारीले आवश्यक कागजातसहित बैंकमार्फत सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आवेदन दिन सक्नेछन्।

बैंकले सम्बन्धित सबै योग्य कर्मचारीलाई आवश्यक कागजात तयार गरी समयमै आवेदन प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि कर्मचारीले प्रचलित कानुनअनुसार सामाजिक सुरक्षा योजनाअन्तर्गत उपलब्ध विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया