Nepal Life

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 10 12:28
प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।

Nepal Life
NIMB

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी तथा आपसी हितका विषयमा छलफल भएको हो।

भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालका लागि शुभकामना दिएका थिए। उनले नेपाल र भारतबीच विद्यमान सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विभिन्न पक्षबारे समेत विचारविमर्श भएको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया