वीरगञ्जमा ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गर्ने आरोपमा सात जना पक्राउ
- BFIS News
- 2026 Aug 07 16:54
काठमाडौं, साउन २२ पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गरेको आरोपमा पेट्रोल पम्पका सञ्चालकसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार साँझ ना ७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट पेट्रोल निकाल्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा पेट्रोल पम्प सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, लेखा कर्मचारी २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना ७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर, तथा ना ७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि पेट्रोल चोरी तथा अवैध बिक्रीसम्बन्धी घटनामा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया