Nepal Life

शाइन रेसुङ्गा बैंकको ‘भिजन मिट २०२६’ मा दाङ शाखा सम्मानित

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 10 12:37
शाइन रेसुङ्गा बैंकको ‘भिजन मिट २०२६’ मा दाङ शाखा सम्मानित

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ‘Shine Vision Meet 2K26’ कार्यक्रममा दाङ शाखाले उत्कृष्ट कार्यसम्पादनका लागि विभिन्न विधामा सम्मान प्राप्त गरेको छ। शाखाको निरन्तर प्रयास, टिमवर्क र कार्यसम्पादनका आधारमा दाङ शाखालाई ‘Recovery Star of the Bank’ तथा पश्चिम क्षेत्रअन्तर्गत डेबिट कार्ड विधामा ‘Top Performer of the Region’ को सम्मान प्रदान गरिएको हो।

Nepal Life
NIMB

कार्यक्रममा दाङ शाखाका शाखा प्रबन्धक गणेश बी.सी. ले शाखाका कर्मचारीहरूको समर्पण, अनुशासन, मेहनत र सकारात्मक सोचले प्राप्त उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनका अनुसार शाखाको उपलब्धि व्यक्तिगत प्रयासभन्दा पनि सामूहिक कार्यसम्पादनको परिणाम हो।

शाखा प्रबन्धक बी.सी.ले टिमका सदस्यहरूको निरन्तर प्रयास, मेहनत र सहकार्यका कारण शाखाले उत्कृष्टताको पहिचान बनाउन सफल भएको उल्लेख गर्दै सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका छन्। उनले बैंकका वरिष्ठ अधिकारीहरूको मार्गदर्शन र सहयोगलाई पनि शाखाको प्रगतिमा महत्वपूर्ण आधारका रूपमा लिएका छन्।

दाङ शाखाले प्राप्त गरेको सम्मानलाई कर्मचारीहरूको कार्यसम्पादनको मूल्यांकनसँगै आगामी दिनमा अझ प्रभावकारी सेवा र व्यवसाय विस्तारका लागि प्रेरणाका रूपमा लिएको छ।

बी.सी.का अनुसार समर्पित र अनुशासित कर्मचारी, सकारात्मक ऊर्जा, उत्प्रेरणा, आपसी सहयोग तथा वरिष्ठको मार्गदर्शनबीचको समन्वयले नै संस्थागत सफलता हासिल गर्न सकिन्छ। उनले शाखाको उपलब्धिका लागि आफ्नो ‘दोस्रो घर’का रूपमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकप्रति समेत आभार व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया