NIMB Header 2
Nepal Life

सिइओमा विष्णु प्रसाद उपाध्यायको इन्ट्री सँगै गुराँस लघुवित्त नाफामा देखिन थाल्यो, वित्तीय अवस्थामा क्रमिक सुधार

National Life
  • BFIS News
  • 2023 Nov 02 07:19
सिइओमा विष्णु प्रसाद उपाध्यायको इन्ट्री सँगै गुराँस लघुवित्त नाफामा देखिन थाल्यो, वित्तीय अवस्थामा क्रमिक सुधार
Sanima Reliance

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था चालु आर्थिक वर्षदेखि मुनाफामा देखिएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ऋणात्मक देखिएको गुराँसले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ९ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ६० लाख २२ हजारले नोक्सानमा थियो । 

Shikhar
NIMB

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा धनात्मक देखिएको हो । पहिलो त्रैमाशिक अवधिमा संस्थाको खुद ब्याज आम्दानी ११८.९१ प्रतिशत बढेर १ करोड २९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५५.७८ प्रतिशत बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो तीन महिनासम्म ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १४ लाख ६६ हजार रुपैयाँ धनात्मक भएको हो ।

नाफा र सञ्चालन मुनाफा जस्तै लघुवित्तको प्रतिशेयर आम्दानी पनि समीक्षा अवधिमा ऋणात्मकबाट धनात्मक भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपेयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा रहेको छ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड ४८ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा लघुवित्तले ९१ लाख ४५ हजार रुपैयाँ सापटी तथा २७ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी कुल १ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बीमा क्षेत्रमा दुई दशक भन्दा लामो अनुभव भएका विष्णु प्रसाद उपाध्याय रहेका छन् । उनले संस्थालाई सुधार गरिरहेका छन् । संस्थाले व्यवसाय विस्तारका लागि कर्मचारी माग गर्नुका साथै शाखा विस्तारको रणनीति बनाएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया