विपद्को घडीमा कृषि विकास बैंकको साथ, बाढीपीडितको राहत र पुनःस्थापनाका लागि ३ करोड सहयोग
- BFIS News
- 2026 Aug 28 18:22
काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सहयोग रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। बैंकका सञ्चालक समितिका अध्यक्ष टंक प्रसाद पाण्डेको रोहवरमा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाई, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलको समेत उपस्थिति थियो।
हालै आएको विनाशकारी बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पीडितको राहत र उद्धारमा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार विपद्का बेला प्रभावित समुदायलाई साथ दिनु आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको दायित्व हो।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
यसैबीच, बैंकले विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न देश–विदेशमा रहेका इच्छुक संघसंस्था तथा व्यक्तिलाई अपिलसमेत गरेको छ। त्यसका लागि नेपाल सरकारको बैंकमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खाता तथा क्यूआर कोडमार्फत सहयोग उपलब्ध गराउन सकिने जानकारी बैंकले दिएको छ।
बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै पुनःस्थापनाको आवश्यकता समेत बढिरहेका बेला कृषि विकास बैंकको ३ करोड रुपैयाँ सहयोगले सरकारी राहत कोषमार्फत उद्धार तथा पुनःस्थापनाका प्रयासमा थप स्रोत परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया