निफ्राले घोषणा गर्यो ५.२६३२ प्रतिशत नगद लाभांश, शेयरधनीलाई १ अर्ब १३ करोड रुपैयाँभन्दा बढी वितरण हुने
- BFIS News
- 2026 Aug 31 10:49
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको भदौ १४ गते बसेको सञ्चालक समितिको १९१औँ बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
निफ्राको हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। प्रस्तावित ५.२६३२ प्रतिशत नगद लाभांशबाट बैंकले करसहित कुल १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २ सय रुपैयाँ बराबरको रकम शेयरधनीलाई वितरण गर्नेछ।
बैंकले घोषणा गरेको लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढ्ने जनाएको छ। प्रस्तावित लाभांश बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।
यसअघि निफ्राले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ६.१५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम रहेको छ। हाल निफ्राको शेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया