दुई दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ९ सय रुपैयाँले घट्यो, ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार
- BFIS News
- 2026 Aug 31 11:27
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य थप घटेको छ। आइतबार प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ सोमबार पुनः प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यससँगै पछिल्ला दुई दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ९ सय रुपैयाँले घटेको छ।
यता, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने सोमबार सुन प्रतिऔंस ४ हजार ४ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया