NIMB Header 2
Nepal Life

लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 03 21:12
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग
United Ajod

काठमाडौं, ३ सेप्टेम्बर २०२६। लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

Nepal Life
NIMB

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीले घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधारमा समेत क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणका प्रयास अघि बढिरहेका छन्।

यही अवस्थामा बैंकले कोषमा गरेको आर्थिक सहयोगमार्फत प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तथा क्षतिग्रस्त संरचना र जीविकोपार्जनका माध्यम पुनर्निर्माण गर्ने प्रयासमा योगदान पुर्‍याउने जनाएको छ। बैंकका अनुसार विपद्बाट प्रभावित समुदायलाई तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि समेत निरन्तर सहयोग आवश्यक छ।

बैंकले बाढीका कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका प्रभावितप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को समयमा उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धार तथा राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायको योगदानप्रति सम्मान व्यक्त गरेको छ।

लक्ष्मी सनराइज बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया