NIMB Header 2
Nepal Life

नौ दिनपछि उद्धार गरिएका सञ्जयले भने ‘सुरुङनजिकै अरू ३/४ जना हुन सक्छन्’

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 04 12:23
नौ दिनपछि उद्धार गरिएका सञ्जयले भने ‘सुरुङनजिकै अरू ३/४ जना हुन सक्छन्’
United Ajod

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेको नौ दिनपछि उद्धार गरिएका सप्तरीका सञ्जय साहले आफू फसेको स्थाननजिकै अरू ३/४ जना मानिस हुन सक्ने बताएका छन्।

Nepal Life
NIMB

नेपाली सेनासँगको कुराकानीका क्रममा साहले सुरुङभित्र केही मानिसले कुराकानी गरेको आफूले सुनेको र पावर हाउसमा समेत मानिसहरू फसेको हुन सक्ने बताएका हुन्।

नेपाल विद्युत् प्राधिकरणमा मेकानिकल फोरम्यानका रूपमा कार्यरत साहले आफू कन्ट्रोल रुममा अपरेटरको जिम्मेवारीमा रहेको बताए। सामान्य अवस्थामा कन्ट्रोल रुममा ५/६ जना मात्रै रहने भए पनि घटनाका बेला करिब ४०/४५ जना मानिस रहेको उनले बताएका छन्।

‘म कन्ट्रोल रूपमा अपरेटर काम गर्थें, अरू बेला ५/६ जना मात्रै हुन्थे, यतिबेला ४०/४५ जना नै थियो। कन्ट्रोल रूममा भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो,’ साहले भने।

घटना भएपछि आफू मात्रै बाहिर निस्कनुभन्दा अन्य कर्मचारी तथा कामदारलाई सुरक्षित स्थानतर्फ पठाउन प्राथमिकता दिएको उनले बताए। सबैलाई ड्याममा दुर्घटना भएको जानकारी गराएर बाहिर जान आग्रह गर्दा आफू भने सुरुङबाट तत्काल निस्कन नसकेको उनको भनाइ छ।

‘त्यस्तो घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्‍यो। सबैलाई भनेँ, ड्याममा दुर्घटना भयो। सबैलाई बाहिर भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय गयो, म निस्कनँ पाएन,’ उनले नेपाली सेनासँग भनेका छन्।

साहका अनुसार सुरुङभित्र फसेका बेला आफूले केही मानिसहरू कुराकानी गरिरहेको आवाजसमेत सुनेका थिए। त्यसैले आफू फसेको स्थान वरपर अझै मानिसहरू हुन सक्ने उनको अनुमान छ।

‘पावर हाउसभित्र पनि मानिस हुन सक्छन्, भाग्न नसकेको हुन सक्छ,’ उनले भने। लामो समयसम्म सुरुङभित्र फसेका साहले आफूले महामन्त्र जप्दै समय बिताएको समेत बताएका छन्।

साहसँगै काठमाडौंका कविर महर्जनलाई पनि नेपाली सेनाले सुरुङबाट नौ दिनपछि उद्धार गरेको हो। महर्जन नेपाल विद्युत् प्राधिकरणकै सुपरभाइजरका रूपमा कार्यरत छन्।

घटनापछि सुरुङ तथा पावर हाउस क्षेत्रमा अझै कोही फसेको हुन सक्ने साहको भनाइले उद्धार तथा खोजी कार्यलाई थप गम्भीर बनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया