निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओका लागि ६ जना सर्टलिस्ट
- BFIS News
- 2026 Sep 06 13:02
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार सर्टलिस्टमा परेका छन्।
सीईओ नियुक्तिका लागि नाम सिफारिस गर्न अर्थ मन्त्रालयद्वारा गठित समितिले शैक्षिक योग्यता, कार्य अनुभव तथा उम्मेदवारहरूले पेस गरेको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा उच्चतम अङ्क प्राप्त गर्ने ६ जनालाई सर्टलिस्ट गरेको हो।
समितिले सार्वजनिक गरेको सर्टलिस्टमा पिताम्बर भण्डारी (गुल्मी), प्रताप सुवेदी (काठमाडौं), महेश रिमाल (काठमाडौं), विक्रान्त आचार्य (काठमाडौं), समता पन्त (काठमाडौं) र सुमनकुमार अधिकारी (काठमाडौं) रहेका छन्। उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको समितिले जनाएको छ।
असोज १ र २ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता
सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असोज १ र २ गते सञ्चालन हुने भएको छ।
प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट उम्मेदवारहरूको क्षमता र कार्ययोजनाको थप मूल्याङ्कन गरिनेछ। त्यसपछि सिफारिस समितिले उत्कृष्ट तीन जना उम्मेदवारको नाम अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछ।
मन्त्रिपरिषद्को बैठकले सिफारिस गरिएका तीन जनामध्येबाट एक जनालाई निक्षेप तथा कर्जा सुरक्षण कोषको आगामी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ।
यससँगै कोषको नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्येबाट अन्तिम तीन जनाको सिफारिस र त्यसपछि मन्त्रिपरिषद्बाट एक जनाको नियुक्ति हुने प्रक्रिया अघि बढ्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया