NIMB Header 2
Nepal Life

दुबईका नेपाली उद्यमी पुडासैनीद्वारा बाढीपीडितका लागि ५१ लाख ५१ हजार सहयोग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 09 13:53
दुबईका नेपाली उद्यमी पुडासैनीद्वारा बाढीपीडितका लागि ५१ लाख ५१ हजार सहयोग
United Ajod

काठमाडौं । दुबईमा व्यवसाय गर्दै आएका नेपाली उद्यमी विष्णुप्रसाद पुडासैनीले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख ५१ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

Nepal Life
NIMB

हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पुडासैनीले उक्त सहयोग रकमको चेक काठमाडौंमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणका क्रममा उनका बुबा गोपीप्रसाद पुडासैनी पनि उपस्थित थिए।

पुडासैनीले विदेशमा रहे पनि विपद्को समयमा नेपाल र नेपाली समुदायलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताएका छन्। उनका अनुसार विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरिएको हो।

करिब दुई दशकदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा औद्योगिक तथा प्रविधि क्षेत्रमा सक्रिय पुडासैनीको व्यवसाय पाइपलाइन, जल संरचना, ट्रेन्चलेस प्रविधि, मर्मतसम्भार र विशेष उपकरण उत्पादनलगायतका क्षेत्रमा केन्द्रित छ।

हाइड्रोजेट ग्लोबल टेक्नोलोजी एन्ड सर्भिस ग्रुपको मुख्यालय दुबईमा रहेको छ। कम्पनीले यूएईसँगै ओमान र कतारमा समेत आफ्नो सेवा विस्तार गरेको जनाइएको छ।

पुडासैनीले नेपालमा परिवारसँगको सहकार्यमा निजी पारिवारिक फाउन्डेसन स्थापना गरी सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्ने योजना पनि अघि बढाएका छन्। उनले विदेशमा रहेका नेपालीलाई विपद्का बेला आफ्नो क्षमताअनुसार स्वदेशमा सहयोग गर्नुपर्ने धारणा राखेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया