कालिञ्चोक दर्शनले ८.५ प्रतिशत बोनस सेयर दिने, लकिङ्ग खुलाएर लाभांश घोषण पछि सस्थापक सेयर बेचेर भाग्दै
- BFIS News
- 2026 Sep 09 21:15
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.४४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
भदौ २४ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ।
यसैबीच, कम्पनीको लाभांश घोषणासँगै पूँजी बजारमा यसको प्रभाव र कम्पनीको विगतको लाभांश वितरण अवस्थाबारे समेत लगानीकर्तामाझ चासो बढेको छ। सामाजिक सञ्जालमा केही लगानीकर्ताले कम्पनीले लामो समयसम्म लाभांश वितरण नगरेको अवस्थामा अहिले बोनस सेयर घोषणा गरेको विषयमा प्रश्न उठाएका छन्।
कतिपय लगानीकर्ताले कम्पनीको संस्थापक शेयरको लकिङ अवधि खुल्ने समय र लाभांश घोषणाबीचको सम्बन्धबारे समेत आशंका व्यक्त गरेका छन्। उनीहरूले यस्तो घटनाक्रमले संस्थापक शेयर बिक्री र बजारमा हुन सक्ने सम्भावित प्रभावबारे नियामकीय निगरानी आवश्यक रहेको बताएका छन्।
कालिञ्चोक दर्शनको पछिल्लो लाभांश प्रस्तावले कम्पनीको वित्तीय अवस्था, बोनस सेयर वितरणको आधार तथा संस्थापक शेयर कारोबारसम्बन्धी विषयमा लगानीकर्ताको थप चासो बढाएको छ। प्रस्तावित लाभांश साधारण सभाबाट पारित भएपछि मात्र यसको औपचारिक कार्यान्वयन हुनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)






.jpg)

प्रतिक्रिया