NIMB Header 2
Nepal Life

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख सहयोग

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 15 09:03
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख सहयोग
United Ajod

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरेको राहत रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

Nepal Life
NIMB

भदौ २९ गते सोमबार अपराह्न ४ः३० बजे स्वावलम्बन लघुवित्तका अध्यक्ष प्रा. डा. कुसुम शाक्यले संस्थाको तर्फबाट ४० लाख रुपैयाँको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणका क्रममा संस्थाका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको समेत उपस्थिति थियो।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको संस्थाले जनाएको छ। विपद्को समयमा सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानप्रति संस्थाले ऐक्यबद्धता जनाएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढी र डुबानका कारण नागरिकको मृत्यु हुनुका साथै कैयौँ बेपत्ता भएका छन्। बस्ती तथा पूर्वाधारमा क्षति पुगेपछि सयौँ परिवार विस्थापित भएका छन्।

स्वावलम्बन लघुवित्तले विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतसँगै पुनर्स्थापनाका लागि सरकारबाट अघि बढाइएको अभियानमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ। संस्थाले विपद्मा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

त्यसैगरी, बेपत्ता नागरिकको शीघ्र खोजी, घाइतेको स्वास्थ्यलाभ तथा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति संस्थाले आभार व्यक्त गरेको छ। स्वावलम्बनले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको साथमा रहेको प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया