NIMB Header 2
Nepal Life

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश प्रस्ताव, ३६ करोड २५ लाख रुपैयाँले पूँजी बढ्ने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 13 08:51
माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश प्रस्ताव, ३६ करोड २५ लाख रुपैयाँले पूँजी बढ्ने
United Ajod

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Nepal Life
NIMB

बैंकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम वितरणयोग्य मुनाफा तथा सेयर प्रिमियम खातामा उपलब्ध रकमबाट साधारण सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

३ प्रतिशत बोनस सेयरका लागि ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ र ३ प्रतिशत नगद लाभांशका लागि पनि ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ बराबरको रकम छुट्याइएको छ। बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। अग्राधिकार सेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक आधारमा प्रदान गरिने बैंकले जनाएको छ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्। बैंकले लाभांशसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायलाई गराइसकेको छ।

घट्दो क्रममा लाभांश

माछापुच्छ्रे बैंकको पछिल्लो लाभांश इतिहास हेर्दा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित ६ प्रतिशत लाभांश अघिल्लो वर्षको तुलनामा २ प्रतिशत बिन्दुले कम हो। आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिएको थियो।

यसअघि आर्थिक वर्ष २०७९/८० र २०७७/७८ मा बैंकले समान १४ प्रतिशत लाभांश वितरण गरेको थियो। आर्थिक वर्ष २०७६/७७ मा १०.४ प्रतिशत, २०७५/७६ मा १६ प्रतिशत तथा २०७४/७५ मा १० प्रतिशत लाभांश वितरण गरेको देखिन्छ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा १५ प्रतिशत, २०७२/७३ मा २१.८४ प्रतिशत, २०७१/७२ मा १६.८४ प्रतिशत र २०७०/७१ मा १२.६३ प्रतिशत कुल लाभांश वितरण गरेको थियो।

पछिल्ला वर्षहरूमा बैंकको लाभांश दर क्रमशः घट्दै गएको देखिन्छ। विशेषगरी आर्थिक वर्ष २०७२/७३ मा २१.८४ प्रतिशत पुगेको कुल लाभांश २०८२/८३ का लागि प्रस्तावित ६ प्रतिशतमा झरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया