स्नो रिभर्सले १० प्रतिशत बोनस शेयर घोषणा
- BFIS News
- 2026 Sep 15 10:31
काठमाडौं। स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश वितरणका लागि विद्युत नियमन आयोगले भदौ २६ गते पूर्वस्वीकृति प्रदान गरिसकेको छ। आयोगको स्वीकृतिपछि कम्पनीले लाभांश वितरण प्रक्रिया अघि बढाएको हो।
अब प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण गरिनेछ। बोनस शेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजीमा वृद्धि हुने भएकाले प्रस्तावित लाभांशले शेयरधनीको प्रतिफलसँगै कम्पनीको पुँजी संरचनामा समेत प्रभाव पार्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)


.jpg)






प्रतिक्रिया