NIMB Header 2
Nepal Life

लो क्यापको पगरीमा हाइ प्राइस बनाएको रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश दिने

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 15 10:51
लो क्यापको पगरीमा हाइ प्राइस बनाएको रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश दिने
United Ajod

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

Nepal Life
NIMB

कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २२ गते बिहीबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेटमा ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया