निप्पोन फर्मास्युटिकलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
- BFIS News
- 2026 Sep 25 17:44
काठमाडौं। विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ निष्काशन गर्ने तयारी गरेको हो।
कोशी प्रदेश, मोरङ जिल्ला, विराटनगर महानगरपालिका–१२, बखरीमा रहेको कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली तथा धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाअनुसार आईपीओ निष्काशन गर्न लागेको जनाएको छ।
आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।
६० भन्दा बढी औषधी बजारमा
निप्पोन फर्मास्युटिकलले विश्व स्वास्थ्य संगठनको WHO-GMP तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको छ। कम्पनीले ट्याबलेट, क्याप्सुल, तरल औषधी, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायत औषधी उत्पादन गर्दै आएको जनाएको छ।
कम्पनीको विधिवत् दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा गरिएको हो। स्थापनाको पाँच वर्षपछि सन् २०२२ देखि कम्पनीले व्यावसायिक उत्पादन तथा मार्केटिङ सुरु गरेको थियो।
व्यावसायिक उत्पादन सुरु गरेको चार वर्षको अवधिमा कम्पनीले विभिन्न थेराप्युटिक सेगमेन्टमा ६० भन्दा बढी उत्पादन बजारमा ल्याउन सफल भएको जनाएको छ। कम्पनीले विभिन्न औषधी तथा औषधिजन्य उत्पादनको पोर्टफोलियो विकास गर्दै नेपाली औषधी बजारलाई लक्षित गरी उत्पादन गर्दै आएको छ।
‘सबैका लागि सु–स्वास्थ्य’ मूल नारा
निप्पोन फर्मास्युटिकल ‘Wellbeing for All’ अर्थात् ‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराबाट निर्देशित रहेको जनाएको छ। कम्पनीले देशमा आवश्यक पर्ने औषधी उत्पादनमा आत्मनिर्भरता बढाउन योगदान पुर्याउने लक्ष्यसहित उत्पादन तथा बजार विस्तार गर्दै आएको छ।
आईपीओ निष्काशनका लागि भने कम्पनीले नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गर्नुपर्नेछ। स्वीकृति प्राप्त भएपछि मात्रै सार्वजनिक निष्काशनको प्रक्रिया अघि बढ्नेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpeg)

प्रतिक्रिया