सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
- BFIS News
- 2026 Sep 27 11:37
काठमाडौं — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहका शेयरधनीले ६० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। बैंकले सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनबमोजिम संस्थापक समूहको उक्त सेयर खरिद बिक्रीको प्रक्रिया अगाडी बढाएको छ।
बैंकका अनुसार संस्थापक समूहका सेयरधनीबाट सेयर बिक्रीका लागि आवेदन परे पनि हालसम्म अन्य व्यक्ति तथा संस्थाबाट खरिदका लागि इच्छा नदेखिएकाले पुनः आवेदन माग गरिएको हो।
इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ। तोकिएको अवधिभित्र आवेदन नपरेमा वा सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्था फेला नपरेमा बैंकले सम्बन्धित सेयर संस्थापक सेयरधनीलाई नै बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।
बैंकले तोकिएको प्रक्रियामा सहभागी हुन इच्छुक पक्षलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ। सेयर खरिदसम्बन्धी थप विवरण तथा आवश्यक जानकारी बैंकको केन्द्रीय कार्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)





.jpeg)




प्रतिक्रिया