एनआईसी एशिया बैंकमार्फत नेपालमा पहिलोपटक एप्पल पे र गुगल पेबाट भुक्तानी
- BFIS News
- 2026 Oct 02 21:02
काठमाडौं। एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक आफ्ना ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गर्ने व्यवसायीलाई एप्पल पे (Apple Pay) र गुगल पे (Google Pay) मार्फत भुक्तानी स्वीकार गर्न सक्ने सुविधा ल्याएको जनाएको छ।
बैंकका अनुसार CyberSource Payment Gateway मार्फत होटल, ट्राभल तथा ट्रेकिङ कम्पनी, हस्तकला व्यवसाय, एयरलाइन्स, ई–कमर्स तथा आईटी कम्पनीलगायतले अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे र गुगल पे प्रयोग गरी भुक्तानी लिन सक्नेछन्।
यस सुविधामार्फत ग्राहकले भौतिक कार्ड प्रत्यक्ष प्रयोग नगरी मोबाइल डिभाइसबाटै भुक्तानी गर्न सक्नेछन्। एप्पल पे तथा गुगल पेमा लिंक गरिएका Visa र Mastercard कार्डमार्फत गरिने भुक्तानी बैंकको पेमेन्ट गेटवेमा प्राप्त हुने व्यवस्था गरिएको बैंकले जनाएको छ।
विशेषगरी अन्तर्राष्ट्रिय पर्यटक तथा विदेशबाट सेवा खरिद गर्ने ग्राहकबाट भुक्तानी लिने व्यवसायका लागि यो सुविधा उपयोगी हुने बैंकको भनाइ छ। होटल तथा पर्यटन व्यवसाय, ट्राभल र ट्रेकिङ कम्पनी, एयरलाइन्स, हस्तकला तथा ई–कमर्स व्यवसायले विदेशी ग्राहकलाई थप डिजिटल भुक्तानी विकल्प उपलब्ध गराउन सक्नेछन्।
बैंकले नयाँ भुक्तानी विकल्पले अन्तर्राष्ट्रिय ग्राहकका लागि भुक्तानी प्रक्रियालाई सहज बनाउनुका साथै भौतिक कार्ड बोक्नुपर्ने आवश्यकतालाई कम गर्ने जनाएको छ। मोबाइल डिभाइसबाट भुक्तानी गर्न सकिने भएकाले ग्राहकलाई थप सुविधाजनक डिजिटल भुक्तानी अनुभव हुने बैंकको दाबी छ।
एनआईसी एशिया बैंकका अनुसार यस सेवाले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न तथा पर्यटन र डिजिटल भुक्तानी प्रणालीलाई थप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, अन्तर्राष्ट्रिय ग्राहकसँग कारोबार गर्ने नेपाली व्यवसायलाई थप भुक्तानी माध्यम उपलब्ध भएपछि उनीहरूको ग्राहक आधार विस्तारमा समेत सहयोग पुग्ने बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया