NIMB Header 2
Prabhu Mahalaxmi

माउन्टेन इनर्जीले प्रस्ताव गर्‍यो २१.०५ प्रतिशत लाभांश, २० प्रतिशत बोनस सेयर दिने

United Ajod
  • BFIS News
  • 2026 Oct 13 10:47
माउन्टेन इनर्जीले प्रस्ताव गर्‍यो २१.०५ प्रतिशत लाभांश, २० प्रतिशत बोनस सेयर दिने
IME LIFE

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको १४६औँ बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Nepal Life
NIMB

प्रस्तावित लाभांश नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृत भएपछि कम्पनीको आगामी १३औँ वार्षिक साधारण सभाबाट अनुमोदन हुनुपर्नेछ। दुवै प्रक्रिया पूरा भएपछि मात्रै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १० गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्।

माउन्टेन इनर्जीको सेयर मूल्य अघिल्लो कारोबार दिन ६४७ रुपैयाँमा बन्द भएको थियो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया