NIMB Header 2
Nepal Life

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितको सहायतालागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

National Life
  • BFIS News
  • 2023 Nov 07 16:09
राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितको सहायतालागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।

Shikhar
NIMB

बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।

भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंकले  श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । 

उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, सिंहदरबार परिसर शाखाका प्रबन्धक अनिश रायमाझी, सहायक प्रबन्धक ईश्वर उप्रेती, सन्दिप अर्याल, गगन लोहारको उपस्थिति रहेको थियो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया