भूकम्पीय जोखिम सम्बोधनका लागि क्याटास्ट्रोफी बन्डको विकासबारे नेपाल र विश्व बैंक समूहबीच साझेदारीको घोषणा
- BFIS News
- 2026 Oct 15 11:49
बैंकक, असोज २९, २०८३ — भुकम्पिय जोखिम र यसबाट पर्नसक्ने हानी तथा नोक्सानीको सम्बोधनका लागि नेपालले शिध्र वित्तिय स्रोत जुटाउन सकोस् भन्ने उद्देश्यले विपद क्याटास्ट्रोफी बन्ड विकास गर्न नेपाल र विश्व बैंक (पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक, IBRD, Aaa/AAA) ले कार्यादेश सम्झौतामा हस्ताक्षर गरेका छन्।
यस सम्झौतासँगै नेपालको समग्र विपद् जोखिम व्यवस्थापन रणनीतिलाई सहयोग पुर्याउन पुँजी बजारको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयको लेखाजोखा गर्ने सहकार्यको सुरूवात भएको छ। विश्वका विपद्को उच्च जोखिममा रहेका देशहरूमध्ये एक नेपालले जोखिम न्युनिकरण, पुर्वतयारी तथा वित्तिय सुरक्षाको उपायहरूको समायोजन मार्फत भविष्यमा आउनसक्ने विपद्को सामना गर्न, त्यसबाट हुने क्षति कम गर्न र र विपद्पछिको पुनरूत्थानलाई प्रभावकारी बनाउन काम गर्दै आएको छ।
यस सम्झौता अन्तर्गत विश्व बैंक समूहको ट्रेजरीले नेपाल सरकार र पुँजी बजारमा रहेका लगानीकर्ताहरूसँग सहकार्य गरी यस्तो क्याटास्ट्रोफी बन्ड विकास र जारी गर्नको लागी वित्तिय सम्भाव्यता र सम्भावित संरचनाको लेखाजोजा गर्नेछ।
यो पहल विश्व बैंक समूहको स्थापित क्याटास्ट्रोफी बन्ड कार्यक्रमको एक हिस्सा हो। यस कार्यक्रमले विभिन्न देशहरूलाई विपद्जन्य जोखिम हस्तान्तरण गर्न र प्राकृतिक प्रकोप विरुद्ध वित्तीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय पुँजी बजारमा पहुँच पुर्याउन सहयोग गर्दै आएको छ। यस कार्यक्रमबारे थप जानकारी विश्व बैंक समूहको ट्रेजरी वेबसाइटमा रहेको विश्व बैंक समूह क्याटास्ट्रोफी बन्ड कार्यक्रम शीर्षकमा उपलब्ध छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया