Siddartha Bank
Prabhu Mahalaxmi

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

United Ajod
  • BFIS News
  • 2026 Oct 28 10:52
एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै
Sanima Reliance Life Insurance Company

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। जारी प्रतियोगिताको चौथो खेलमा दुवै टोली कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुन लागेका हुन्।

Nepal Life
NIMB

खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ। सुदूरपश्चिमले प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको हो भने पोखरा पहिलो खेलमार्फत प्रतियोगिताको सुरुवात गर्दैछ।

सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो। त्यसैले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा सुदूरपश्चिम हुनेछ। पोखरा भने पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ।

यसअघि मंगलबार भएका दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका थिए। पहिलो खेलमा चितवनले विराटनगर किंग्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कर्णालीले जनकपुर बोल्ट्समाथि जित निकालेको थियो।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया